+
+

‘कालीगड’मा रोमान्टिक बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १७:०६

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गिरीको गायन तथा कम्पोज शैली दर्शक र श्रोतामार्फत चर्चित छ ।

नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा गिरीलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । मुखमै झुण्डिने टच्ची र मर्मस्पर्शी शब्दका गीतमार्फत गिरीले दर्शकको साथ पाउँदै आएका छन् ।

‘को होला त्यो’ फेम्ड उनको यो गीत लोक फिल्मी शैलीमा छ । गीतको शब्द तथा संगीत रचना उनकै हो ।

‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’ बोलको गीतमा युवायुवतीले एकअर्काको रूपको खुलेर प्रशंसा गरेका छन् । भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसी फिचर्ड छन् ।

यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । लुम्बिनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई आकर्षक बनाइएको छ । आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन् ।

भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?