+
+

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल, छायांकन गर्न पुगिन् उत्तराखण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १४:१४

काठमाडौं । अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन् । आफू पहिलो हिन्दी भाषाको फिल्मका लागि तयार रहेको भन्दै हमालले सामाजिक सञ्जालबाट जानकारी दिएकी छन् ।

उनले इन्स्टाग्राममा केही फोटो सेयर गर्दै हिन्दी फिल्ममा अभिनय गर्न लागेको बताएकी छन् । उनले धडक, द लास्ट शो, फराजजस्ता चर्चित भारतीय फिल्मका अभिनेता गोदान कुमारसँगको तस्वीर पनि सेयर गरेकी छन् ।

नेसनल स्कुल अफ ड्रामाका कलाकार समेत रहेका गोदानको पछिल्लो फिल्म ‘द लास्ट शो’ भारतबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । बेनिशाले सेयर गरेका तस्वीरमा अन्य कास्ट एण्ड क्रिउ देख्न सकिन्छ ।

बेनिशाले लेखेकी छन्, ‘भ्वाइस मोड्युलेसन, डिक्सन र फ्लोमा काम गरेको महिनौंपछि म मेरो पहिलो हिन्दी भाषाको फिल्मको लागि तयार छु । मलाई आशीर्वाद दिनुहोस् ।’ फोटोमा उनीहरु उत्तराखण्डको पञ्चचुलीमा पुगेको देख्न सकिन्छ ।

सम्भवतः उक्त थलोमा फिल्म छायांकन हुनसक्छ । फिल्मको नाम उल्लेख नभए पनि एउटा फोटोमा हिउँमा ‘दुर्गम’ लेखिएको छ । फिल्मको टाइटल त्यही हुनसक्ने अनुमान छ ।

‘स्वर’बाट अभिनय करिअर थालेकी बेनिशाको अर्को फिल्म ‘उपहार’ फागुन २५ मा रिलिज हुँदैछ । उनको पछिल्लो रिलिज फिल्म ‘छक्कापञ्जा ४’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?