+
+

एनआईएमबीलाई आरआरबीएल–इसान कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १८:१९

५ चैत, काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्‍यो ।

एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो । दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसंग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो ।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेश्रो भयो । नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल गरे । नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पार्‍यो ।

प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । इसान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो ।

प्रतियोगिताको सह–प्रायोजकमा कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड,इसानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता थियो ।

नयाँ खेलकुद ऐन अनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ इसानलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३ औं संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?