+
+

सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत, मंगलबारदेखि कारोबार हुने

कतिमा होला सर्वोत्तमको पहिलो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १९:०२

५ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।

सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ । नेप्सेले नयाँ कम्पनीको सेयर सूचीकरण हुँदा प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र त्यसको ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तय गर्दछ ।

मंगलबारदेखि कम्पनीको सेयर कारोबारमा आउने छ । मंगलबार यस कम्पनीको पहिलो कारोबार १८५ रुपैयाँ ४० पैसादेखि ५५६ रुपैयाँको बीचमा हुनेछ । जुन मूल्यमा पहिलो कारोबार हुन्छ, सोही मूल्यबाट एक दिनमा १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ । कम्पनीको पहिलो कारोबार ५५६ रुपैयाँमा भएमा मंगलबार ६११ रुपैयाँ ६० पैसासम्म पुग्न सक्नेछ ।

पहिलो कारोबार जति मूल्यमा हुन्छ, त्यसपछिका प्रत्येक कारोबारमा सो मूल्यलाई आधार मान्दै २ प्रतिशतका दरले मात्रै घटबढ हुन सक्ने व्यवस्था छ । दिनभरमा भने १० प्रतिशतसम्म मूल्य घटबढ हुन सक्छ । गत शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?