+
+

निफमा ‘वाइल्ड स्वान’लाई गौतम बुद्ध अवार्ड, नेपालीतर्फ ‘बुलाकी’ उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ११:५०

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को वर्ल्ड पानोरमा विधामा भारतीय फिल्म ‘वाइल्ड स्वान’ उत्कृष्ट भएको छ । यो जितसँगै रजनी बासुमातारी निर्देशित फिल्मले गौतम बुद्ध अवार्ड पनि जित्यो ।

सशस्त्र द्वन्द्वबाट मुक्ति पाएका महिलाको जीवनमा युद्धको स्थायी प्रभावको मर्मस्पर्शी कथा पेश गर्ने यो फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गर्‍यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतले पुरस्कार वितरण गरे । अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘लभ लाइट’ले माउण्ट एभरेस्ट अवार्ड जित्यो । ‘आइ प्रमिस यू प्याराडाइज’ अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमती अवार्ड जित्यो ।

‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेसल मेन्सन अवार्ड जित्यो । ९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागी बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने सर्वियाको ‘लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ‘एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।

नेपाली फिल्म ‘बुलाकी’ले राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्यो । लक्ष्मण सुनारले सोही फिल्मबाट उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले ।

राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स च्वाइस अवार्ड ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जिते । फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ‘पखेटा’ले जित्यो ।

राजेश श्रेष्ठ र संकल्प भुजेलले ‘एक भागवत् एक गीता’बाट छायांकन विधामा अवार्ड उचाले । विपिन कार्कीले सोही फिल्मबाट अभिनेता विधामा अवार्ड जिते । फिचर फिल्मतर्फ ‘डेसान’ले उत्कृष्ट पटकथाको अवार्ड पायो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?