+
+

पत्रकार दुर्व्यवहारको घटनामा छानबिन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:३५

६ चैत, काठमाडौं । काठमाडौंको सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङको क्रममा पत्रकारमाथि महानगर प्रहरीबाट भएको दुर्व्यवहारका विषयमा छानबिन समिति गठन भएको छ ।

घटनाको छानबिन गर्न महानगर प्रशासन विभागका प्रमुख दीपक अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको हो । सो समितिले शुक्रबारसम्म प्रतिवेदन सार्वजनिक गर्नेछ ।

सहमति भएसँगै घाइते पत्रकारको न्यायका लागि विगत एक हप्तादेखि राष्ट्रिय सभागृहमा जारी रिले अनसन स्थगित भएको छ । आगामी शुक्रबारसम्मको लागि संघर्षका सबै कार्यक्रम फिर्ता लिइएको श्रमजीवी पत्रकार संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताएका छन् ।

घटनाको छानबिन तथा क्षतिपूर्ति उपलब्ध गराउन, संलग्न महानगर प्रहरीमाथि कारवाहीका लागि छानबिन अध्ययन समिति गठन र अब प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ ।

घटनाका क्रममा पत्रकार पदमप्रसाद पोखरेलमाथि कुटपिट भएको र उनीसँग रहेका सञ्चार सामग्री ल्यापटप, क्यामेरा, घरायसी प्रयोजनका सरसामान, मोबाइल र झोलासमेत महानगरको प्रहरीले लुटपाट गरेर गायब बनाएको आरोप लागेको छ ।

सोमबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन प्रमुख दीपक अधिकारी, सुरक्षा प्रमुख राजु पाण्डे, तथ पीडितको तर्फबाट संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसी, पदमप्रसाद पोख्रेल (पीडित), प्रेम न्यौपाने, भरत आचार्य र अभियन्ता एवं अधिवक्ता युवराज सफलको उपस्थितिमा महानगरमा संयुक्त छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?