+
+

आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:१७

काठमाडौं । आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने भएको छ ।

२७औं वार्षिकोत्सवको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिने आरबी डायमन्ड ज्वेलर्सले जनाएको छ । सोही अवसरमा नयाँ ब्रान्ड एम्बेसडर पनि घोषणा गरिने ज्वलेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आरबी डायमन्ड ज्वेलर्स हिरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका लागि प्रख्यात छ ।

हिरा आभूषणको यो यात्रामा उत्कृष्टता र नवीनताको एक महत्वपूर्ण कोसेढुङ्गा साबित भएको आरबी डायमण्ड ज्वेलर्सले नयाँ लोगोको सार्वजनिक गर्ने भएको छ ।

कार्यक्रममा आरबीले रि डिजाइन लोगो सार्वजनिक गर्नेछ जुन आरबी डायमण्ड ज्वेलर्सको जरा र आधुनिक कलेक्सन्सको मास्टरपिस हुनेछ ।

हिरामा गोलाकार आकारको जराजस्तै देखिने रेखाहरू आरबी डायमण्ड ज्वेलर्सका दिवंगत संस्थापक रमेश महर्जनको पृष्ठभूमिको एक प्रतीक हो ।

नयाँ लोगो सार्वजनिकका साथै रेहान श्रेष्ठलाई नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्ने आरबी डायमन्डले जनाएको छ ।

रेहान श्रेष्ठ चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्ति हुन् । रेहान श्रेष्ठ एक रचनात्मक कन्टेन्ट क्रिएटर र डिजाइनर मात्र होइनन्, उनी फेसन उद्योगमा एक ट्रेन्डसेटर पनि हुन् । उनी फेसन उद्योगमा आफ्नो नवीन दृष्टिकोण र अद्वितीय शैलीका लागि परिचित छन् ।

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति भएपछि श्रेष्ठले आरबी डायमन्डमा नयाँ दृष्टिकोण र शैली ल्याउनेमा आफूहरू विश्वस्त रहेको ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले जानकारी दिए ।

श्रेष्ठसँगको साझेदारीले उद्योगमा अझै उत्कृष्टसँग काम गर्न ब्रान्डलाई प्रेरित गर्ने, रचनात्मकता तथा नवीनताप्रतिको प्रतिबद्धतालाई जनाउने उनले बताए ।

आरबी डायमन्डले ३० मार्च २०२४ मा एक ज्वेलरी फेसन शो पनि आयोजना गर्ने भएको छ । जहाँ आरबी डायमण्डले ब्रान्डको उत्कृष्ट शिल्प कौशल, नवीन डिजाइनहरू र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई हाइलाइट गर्दै आरबी डायमण्डका नयाँ कलेक्सन्सहरु प्रदर्शन गर्नेछ ।

ज्वलेर्सका अनुसार फेसन शोमा बलिउडकी ग्ल्यामरस स्टार ज्याकलिन फर्नान्डिजले शो स्टपरको भूमिका निर्वाह गर्नेछिन् । सुन्दरता र ग्ल्यामरकी धनी फर्नान्डिजले आरबी डायमण्डको ब्रान्ड मूल्यहरूको सारलाई मूर्त रूप दिनेछिन् ।

कार्यक्रममा किम गुडबर्न शो ओपनरको रूपमा रहनेछन् जसले कार्यक्रममा थप उत्साह र ग्ल्यामर थप्नेछ । किम गुडबर्नले आरबी डायमण्डको पुरुषका कलेक्सनहरु प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?