+
+

चैत १५ देखि रात्रिकालीन विराट गोल्डकप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:२१

६ चैत,विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण चैत १५ गतेबाट सुरु हुने भएको छ । २४ चैतसम्म शहीद रंगशाला विराटनगरमा सञ्चालन हुने   प्रतियोगिता रात्रिकालिन हुनेछ । विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्ने  प्रतियोगितामा तीन विदेशीसहित दश टोली सहभागी हुनेछन् ।

यसअघि ट्रष्ट बाहिरका व्यक्तिलाई जिम्मेवारी दिएर गोल्डकप आयोजना गरिएको थियो । आठौं संस्करण ट्रष्ट आफैंले गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।उनका अनुसार प्रतियोगितामा २ वटा भारतीय, एउटा भुटानी टोली सहभागि हुनेछ । ३ विभागीयसहित ७ वटा टोली नेपाली हुनेछन् ।

प्रतियोगितामा भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटीसी क्लब थिम्पु  सहभागी हुनेछन् ।

नेपालका विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ सहभागि हुनेछन् । त्यस्तै मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफएले सहभागिता जनाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । प्रतियोगिता रात्रीकालिन हुनेछ ।

पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । गत वर्ष पुरस्कारवापत विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो। आठौं संस्करणमा विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँका दरले प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई ११ हजार रूपैयाँ दिइने उनले बताए ।

आर्थिक मन्दीका कारण सहयोग जुटाउन नसक्दा गोल्डकपको पुरस्कार राशि घटेको उनले बताए । विराटनगरमा विक्रम संवत २०१८ सालदेखि महेन्द्र गोल्डकप सञ्चालन हुँदै आएको थियो । सोही प्रतियोगिताको नाम २०६७ सालमा परिवर्तन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?