+
+

आठौं राष्ट्रिय भलिबल : क्वार्टरफाइनल पुग्ने सबै ८ टोलीको टुंगो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते २०:५९
क्वार्टरफाइनल प्रवेश गरेको त्रिभुवन आर्मी क्लब ।

६ चैत्र, काठमाडौं – आठौं आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा पुग्ने सबै ८ टोलीको टुङ्गो लागेको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न चार खेलको नतिजासँगै क्वार्टरफाइनल समीकरण पनि पूरा भएको हो ।

मंगलबार पहिलो खेलमा हेल्प नेपालले ढोरपाटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–१८, २५–१५ र २५–१४ को सहज जित निकालेको थियो ।

यो नतिजासँगै हेल्प नेपाल समूह ए बाट अपराजित रहँदै ६ अंकका साथ क्वार्टरफाइनलमा पुगेको छ । कोशी २ खेलमा समान १ मा जित र हारसहित ३ अंकका साथ समूह उपविजेता बनेर क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन जितविहीन हुँदै बाहिरिएको छ ।

दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि ३–२ को रोमाञ्चक जित हात पार्‍यो । सुरुवाती दुई सेट गुमाएको एपीएफले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले २६–२४, २५–१९, २६–२८, २२–२५ र १३–१५ को जित हात पारेको थियो ।

समूह बी बाट एपीएफ २ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुग्यो । सुदूरपश्चिम प्रदेश २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको छ । जाउलाखेल भलिबल ट्रेनिङ सेन्टर दुबै खेलमा हारका साथ पुछारमा रहेर बाहिरियो ।

तेस्रो खेलमा गण्डकी प्रदेशले न्यूटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले २५–२२, २५–१४, २५–२२, ले हराएको थियो । त्यस्तै दिनको अन्तिम खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मी २५–१९, २५–८ र २५–१९ ले विजयी भयो ।

आर्मी समूह डी बाट ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेर क्वार्टरफाइनमा पुग्यो । गण्डकी ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको हो । समूह सी बाट भने सोमबार नै पुलिस समूह विजेता र बुढानीलकण्ठ उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेका थिए ।

बुधबार पहिलो क्वार्टरफाइनलमा हेल्प नेपालले बुढानीलकण्ठसँग प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वार्टरफाइनलमा भने एपीएफले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार नेपाल पुलिस क्लबले कोशीसँग क्वार्टरफाइनल खेल्नेछ ।

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्नेछ । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ । महिलातर्फ भने बुधबार नतिजापछि मात्रै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?