+
+

न्यू डायमण्डलाई हराउँदै एपीएफ तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १४:२९
फाइल तस्वीर

९ चैत्र, काठमाडौं । नेपाल एपीएफ क्लबले आठाैं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यू डायमण्डलाई हराउँदै तेस्रो स्थान हात पारेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानको लागि भएको खेलमा एपीएफले न्यू डायमण्डलाई ३–१ ले हराएको हो । एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ ले हराएको हो ।

आज पुरुषतर्फ दुई सेमिफाइनल खेल हुँदैछन् । पहिलो सेमिफाइनल खेल टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ ।

महिला र पुरुषतर्फ दुवै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?