+
+

केपी ओली कप क्रिकेटका लागि एपीएफको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १३:०७
फाइल तस्वीर ।

६ मंसिर, काठमाडौं । पोखरामा आयोजना हुने केपी ओली कप क्रिकेटका लागि विभागीय टिम एपीएफको टिम घोषणा भएको छ ।

प्रदीप ऐरीको कप्तानीमा एपीएफले १४ सदस्यीय टोली घोषणा गरेको छ । टिमको उपकप्तानको रुपमा राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख छन् ।

टिमले यसअघिको प्रधानमन्त्री कपसम्म शरद भेषावकरको कप्तानीमा खेल्ने गथ्र्यो । यो पालि भने कप्तान परिवर्तन भएको छ । टिममा राष्ट्रिय टिमका आसिफसहित सन्दीप जोरा, अविनाश बोहोरा, श्याम ढकाल, लोकेश बम छन् ।

प्रतियोगिता मंसिर ७ गतेबाट सुरु हुनेछ । जसमा १२ वटा टिमले भाग लिनेछन् । ३ विभागीय, ७ प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमीबाट २ वटा टिम गरि १२ टिमले सहभागिता जनाउनेछन् ।

एपीएफको टिमः

प्रदीप ऐरी (कप्तान), आसिफ शेख(उपकप्तान/विकेटकिपर), सन्दीप जोरा, लोकेश बम, सुमित महर्जन, आयुष्मान बम, यज्ञमान कुमाल, इर्सद अहमद, भुवन कार्की, अमर सिंह रौतेला, अविनाश बोहोरा, श्याम ढकाल, पुरन विक र अरुण ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?