+
+

एपीएफलाई सडनडेथमा हराउँदै घरेलु टोली सांग्रिला विराट गोल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते ७:१५

२२ चैत, विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ विरुद्ध सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफलाई सडनडेथमा ४–३ गोलले हराउँदै सांग्रिला फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको हो ।

दुई घण्टा खेल्दा एपीएफ र सांग्रिलाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल हुन सकेन ।

सुरुमा टाईब्रेकरमा दुवै टोलीले ३–३ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । सांग्रिलाका लागि आशिष चापागाई, अविशेक लिम्बु, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रिलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले बचाए ।

एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरे । एपीएफका दीपेश धिमाल, कुलदीप कार्कीको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले बचाउ गरे ।

सांग्रिलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज युनाइटेड काठमाडौंलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रिलाले भुटानको आरटिसिएफसीलाई ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

सांग्रिलाको जितमा प्रभावशाली प्रदर्शन गरेका गोलकिपर विशाल सुनारले निर्धारित र अतिरिक्त समयमा गरी आधा दर्जन बढी एपीएफको पोस्ट आक्रमणलाई निस्तेज गरेका थिए । खेलको प्लेयर अफ द म्याच घोषित भएका उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

जितपछि घरेलु टोली सांग्रिलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भए पनि पुरा समय नियन्त्रण गर्न सफल भएको बताए । ‘निर्धारित समयमा गोल हुन नसक्नु हाम्रो पनि कमजोरी हो । आउने म्याचमा सुधार गर्नेछौं,’ उनले भने । दोस्रो सेमिफाइनलमा सिक्किमले जित हात पारे आफ्नो टिमलाई सहज हुने उनले बताए ।

पराजित टोली एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरुले गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?