+
+
राष्ट्रिय भलिबल :

सुदूरपश्चिमलाई हराउँदै आर्मी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:१०

८ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ चौथो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराउँदै सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हो ।

आर्मीले सुदूरपश्चिमलाई १९–२५, २५–२२, २३–२५, १७–२५ ले हरायो । पहिलो सेट आर्मीले सहज रुपमा जिते पनि दोस्रो सेटमा सुदूरपश्चिमले सुरुवातदेखि नै आर्मीलाई दबाबमा राखेको थियो । तीन अंकले पछि परेको आर्मीले १९–१९ बराबरी गरेको थियो । त्यसपछि भने सुदूरपश्चिमले २५–२२ मा रोक्दै सेट जितेर १–१ को बराबरी गरेको थियो ।

तेस्रो सेटमा आर्मीले सुरुवातमा ७–२ को अग्रता लिएको थियो । तर सुदूरपश्चिमले उत्कृष्ट पुनरागमन गरेपछि १०–१० बराबरी गरेको थियो । त्यसपछि सेटमा कडा प्रतिस्पर्धा भएको थियो ।

२३–२३ को अवस्थाबाट आर्मीले लगातार दुई अंक जोड्दै सेट जितेर २–१ ले अघि बढेको थियो । चौथो सेटमा भने आर्मीले सहज जितका साथ ३–१ ले खेल जितेको थियो ।

शुक्रबार पहिलो सेमिफाइनल खेलमा हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा आर्मी र पुलिस भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ । महिलातर्फको फाइनल खेल पुलिस र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । शुक्रबार तेस्रो स्थानको लागि महिलातर्फ न्यू डायमण्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?