+
+

सोनम तोप्देनले गरे अमेरिका टुरको घोषणा, चार भाषामा गीत गाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १२:३९

काठमाडौं । अभिनेता तथा कभर गायक सोनम तोप्देनलाई सन् २०२४ भ्याइनभ्याइ हुनेवाला छ । उनको दोस्रो कथानक फिल्म ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ गत महिना प्रिमियर भयो ।

अब यो फिल्मले नेपाल रिलिजअघि फेस्टिभलको चक्र पूरा गर्नेछ । ‘सम्हालिन्छ कहिले मन’ डेब्यु अभिनेतालाई दोस्रो फिल्मले यस्तो अन्तर्राष्ट्रिय प्रसिद्धि दिलायो जसलाई लिएर उनी स्वयं अनभिज्ञ थिए । बर्लिनमा उनको अभिनयको निकै चर्चा भयो ।

यहीबीचमा अभिनयसँगै संगीत करिअरलाई पनि अघि बढाउनेछन् । यही योजनाअनुसार ‘मेगा कन्सर्ट’ नामक अमेरिका टुरको घोषणा गरेका छन् । यो टुरमा उनले चार भाषामा गीत गाउनेछन् । तिब्बती, भुटानी, नेपाली र हिन्दी भाषामा उनले कन्सर्टमा सांगीतिक प्रस्तुति दिने तय भएको छ ।

जसअनुसार मिनेसोटामा मे ४, कोलोराडोमा मे १०, बोस्टनमा मे १८ र न्युयोर्कमा मे २४ मा उनको कन्सर्ट घोषणा गरिएको छ । नेपाली फिल्ममा आउनुअघि उनी कभर गायकका रुपमा चर्चित भइसकेका थिए । त्यसअघि नै उनको सांगीतिक फलोअर संख्या उच्च छ ।

कम्तीमा यो वर्ष उनको लागि व्यस्त हुने देखिएको छ । सम्भवतः ‘शाम्बाला’का अन्य अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत उनले कलाकारको रुपमा सहभागिता जनाउनेछन् । यसबाहेक अन्य केही फिल्मले उनलाई अप्रोच गरिरहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?