+
+

मधेशको गृह मन्त्रालयले दिंदै आएको सुराकी खर्च कटौती

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १३:५२

७ चैत, जनकपुरधाम । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए ।

मधेसमा सुराकी खर्चका रुपमा मनपरी रकम बुझ्ने प्रवृत्तिबारे अनलाइनखबरले मंगलबार विस्तृत रिपोर्टिङ गरेको थियो ।

मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्रीले पहिलो निर्णय नै सुराकी खर्च कटौतीको गरेका हुन् ।

मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका छन् । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका छन् ।

‘गृह मन्त्रालयमा अहिलेसम्म सुराकीको नाममा मन्त्री, राज्यमन्त्री र सचिवले मनपरी रकम बुझ्ने गरेका थिए । म पदभार ग्रहण गरेपछि त्यो खर्च कटौती गर्ने पहिलो निर्णय गरेको छु । यो निर्णय क्याबिनेटमा लैजान्छु’, मन्त्री यादवले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?