+
+

रातोपुलमा दिउँसै लुटपाट, ७ लाख लुटेर फरार भएका २ व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १८:५२

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–९ रातोपुलमा दिउँसै लुटपाट भएको छ । सोमबार दिउँसो लुटपाट गरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ घर भइ काठमाडौं रातोपुल बस्दै आएका ३१ वर्षीय विकास लुइँटेल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ घर भइ काठमाडौं बानेश्वर बस्ने ३८ वर्षीय चक्रबहादुर शाही छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार रातोपुल र बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरू २ मिलेर प्रमोद श्रेष्ठको साथमा भएको ७ लाख १५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

उनीहरूको साथबाट लुटपाट गरिएकोे ५ लाख ८२ हजार रुपैयाँसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?