+
+

सेवा अवधि बाँकी हुँदै घर जाँदै प्रहरीका उच्च अधिकृतहरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १३:२६

४ वैशाख, काठमाडौं । सेवा अवधि बाँकी छँदै प्रहरीका उच्च अधिकारीहरु उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष रहे पनि त्यसअगावै उमेर हदका कारण केही उच्च प्रहरी अधिकारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी भोलि ५ वैशाख अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष रहेका कारण उनी ५ वैशाखबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

त्यसैगरी अर्का एआईजी मिरा चौधरी थारु पनि ७ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछिन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।७ वैशाखमै उमेर हदका कारण गण्डकी प्रदेशका डीआईजी विकासराज खनाल पनि अनिवार्य अवकाशमा जाँदैछन् ।

हिजो सोमबार मात्रै डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका उमेशराज जोशी पनि उमेर हदकै कारण आगामी १९ असारमा अनिवार्य अवकाशमा जाँदैछन् ।

आउँदो १० जेठमा डीआईजी सुरेन्द्र मैनाली पनि अनिवार्य अवकाशमा जाँदैछन् । २१ असारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेल ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

उमेर हदकै कारण ११ असारमा एसएसपी मनोज यादव पनि अनिवार्य अवकाशमा जाँदैछन् । एसएसपीको उमेर हद ५५ वर्ष छ ।

उमेर हदका कारण अवकाशमा नगएको भए उनीहरु सबै चैत २०८१ सम्म प्रहरी सेवामा रहेन थिए । सेवा अवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनीहरुको आगामी चैतमा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पूरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?