+
+
राष्ट्रिय भलिबल :

एपीएफलाई सोझो सेटमा हराउँदै गण्डकी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १९:०६

७ चैत, काठमाडौं । गण्डकी प्रदेशले आठौं आरबीबी भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो क्वार्टरफाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

रवि केसी र हिमाल सुनारीसँगै युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा गण्डकीले विभागीय टोली एपीएफलाई ३–० को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा गण्डकीले एपीएफलाई २५–१७, २९–२७, २५–२३ ले हराएको हो ।

गण्डकीले सेमिफाइनलमा शुक्रबार टिपटप हेल्प नेपालसँग खेल्नेछ । हेल्प नेपालले पहिलो क्वार्टरफाइनलमा बुढानीलकण्ठ भलिबललाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेको थियो । हेल्प नेपाल २५–१८, २५–१७ र २५–२३ ले विजयी भएको थियो ।

बिहीबार दुई क्वार्टरफाइनल खेल हुनेछन् । नेपाल पुलिस क्लबले कोशीसँग क्वार्टरफाइनल खेल्नेछ । चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्नेछ । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ । महिलातर्फ सेमिफाइनलमा पुलिस र एपीएफ तथा न्यू डायमण्ड र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् । प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?