+
+

आईपीएल २०२४ मा पुनरागमन गर्ने ६ सुपरस्टार क्रिकेटर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते ७:०८

८ चैत, काठमाडौं । इन्डियनप्रिमियर लिग (आईपीएल) २०२४ शुक्रबारदेखि भारतमा सुरु हुँदैछ । १७औं संस्करणको आईपीएलमाविश्वका स्टार खेलाडीहरुले पुनरागमन गर्दैछन् ।

प्रमुख टोली फर्किंदा फ्रेन्चाइज टोली मजबुत हुनुको साथै दर्शक पनि उनीहरुको खेल हेर्न उत्साहित छन् । पुनरागमन गर्नेमा चोट, व्यक्तिगत कारण र अक्सनमा नबिकेपछि खेल्न पाएका खेलाडीहरु छन् ।

२०२४ को आईपीएलमा पुनरागमन गर्ने ६ सुपरस्टार खेलाडी यस प्रकार छन् :

मिचेल स्टार्क- कोलकाता

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क २०१५ पछि पहिलोपटक आईपीएल खेल्दैछन् । २०१४ र २०१५ को संस्करण बैंलोरबाट खेलेका उनले आफ्नो देश र परिवारलाई पर्याप्त समय दिन भन्दै आईपीएल नखेल्ने निर्णय लिंदै आएका थिए ।

२०१८ को अक्सनमा स्टार्कलाई कोलकाताले ९ करोड ४० लाख भारुमा किने पनि चोटका कारण खेलेका थिएनन् । स्टार्कले त्यसपछि अक्सनमा नाम दिएका थिएनन् ।

यस पटकअक्सनमा इतिहासकै सर्वाधिक २४ करोड ७५ लाखभारु खर्चेर कोलकाताले किनेको थियो । गति र योर्करमा माहिर स्टार्कबाट कोलकाता अष्ट्रेलिया टोलीमा जस्तै सानदार प्रदर्शन चाहन्छ ।

प्याटकमिन्स- हैदरावाद

अस्ट्रेलियाका तीव्र गतिका बलर प्याटकमिन्सले गत वर्ष विश्वकप र एसेजलाई समय दिने भन्दै आईपीएल नखेल्ने निर्णय लिएका थिए ।

गत नोभेम्बरमा विश्वकपको फाइनलमा अपराजित भारतलाई उसकै घरेलु मैदानमा हराउन कमिन्सले उत्कृष्ट कप्तानी र प्रदर्शन गरेपछि अक्सनमा सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा किनेको थियो । कमिन्स तीव्र गतिसँगै तल्लो क्रममा ठूलो सटको क्षमता राख्छन् । २०२० देखि २२ सम्म उनले कोलकाताबाट आईपीएल खेलेका थिए ।

जस्प्रित बुमराह- मुम्बई

भारतका योर्कर किंग जस्प्रित बुमराहले गत वर्ष आईपीएल ब्याक पेनका कारण खेलेका थिएनन् । प्रमुख तीव्र गतिका बलर बुमराह फर्किंदा पाँच पटकको च्याम्पियन मुम्बईको बलिङ आक्रामणम जबुत बन्नेछ ।

उनले १२ करोड भारु पाउनेछन् । चोटपछि फर्किएपछि बुमराहले भारतलाई गत अक्टोबर नोभेम्बरमा फाइनलमा पुर्‍याउन सानदार प्रदर्शन गरेका थिए ।

ट्रविस हेड – हैदराबाद

गत नोभेम्बरमा अष्ट्रेलियालाई विश्वकप फाइनलमा हराउन १३७ रनको सानदार शतकीय इनिङ खेलेका हेड २०१७ पछि आईपीएलमा फर्किंदैछन् ।

उनले २०१६ मा बेंगलोरबाट आईपीएलमा डेब्यू गरेका थिए । पछिल्लो समय लगातार आक्रामक कक्रिकेट खेल्दै आएका हेडलाई गतअक्सनमा हैदरावादले ६ करोड ८० लाख रुपैयाँ खर्चेको थियो ।

ऋषभपन्त- दिल्ली

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त २०२२ डिसेम्बरमा कार दुर्घटनामा परेपछि पहिलो पटक क्रिकेटमा फर्किंदै छन् । विकेटकिपर पन्त गम्भीर दुर्घटनामा परेपछि उनलाई रिकभर हुन समय लागेको थियो । यस पटक कप्तानको रुपमा फर्किने दिल्लीले जनाइ सकेको छ ।

उनले १६ करोड भारु दिल्लीबाट पाउँछन् । ९८ आईपीएल खेलमा पन्तले १ शतक र १५ अर्धशतकसहित कुल २८३८ रन बनाएका छन् । आगामी जुनमा हुने टी-२० विश्वकपमा स्थान बनाउन पन्तलाई सानदार प्रदर्शन समेत गर्नुपर्ने हुन्छ ।

श्रेयस ऐर -कोलकाता

युवा ब्याटर तथा कोलकाताका कप्तान श्रेयस ऐर पनि २०२२ पछि आईपीएलमा फर्किदैछन् । श्रेयस ऐर गत वर्ष ब्याक सर्जरीको कारण आईपीएल गुमाएका थिए ।

ऐरले १२ करोड २५ लाख भारु पाउनेछन् । ऐर फर्किंदा मध्यक्रम ब्याटिङ मजबुत बन्नेछ । स्टार्कलाई कीर्तिमानी मूल्यमा किनेको कोलकाताले ऐरको आगमानमा उपाधि जित्ने लक्ष्य राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?