+
+

एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १०:०१

८ चैत्र, सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने छन् ।

बिहान ११ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । अधिवेशनअन्तर्गत आज उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेस गर्ने तालिका रहेको छ ।

बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुने र शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने कार्यतालीका रहेको प्रचार विभाग प्रमुख तिमिल्सेनाले जानकारी दिए ।

जिल्ला अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बुधबार बेलुका बसेको सचिवालय बैठकले नवौं जिल्ला अधिवेशनमा पेस गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदनसमेत पास गरेको छ ।

अधिवेशनमा जिल्लाभरबाट ४९५ जना प्रतिनिधिहरु सहभागी हुने छन् ।

शनिबारसम्म चल्ने अधिवेशनले एमाले सुर्खेतको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने, नभए चुनाव गरेरै भए पनि छिटोछरितो अधिवेशन सम्पन्न गरिने बताएका छन् ।

जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी भएपनि वर्तमान अध्यक्ष अमृतबहादुर बिसी र जिल्ला कमिटी उपाध्यक्ष कुलमणि देवकोटाबीच चुुनाव हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।

गत पुस २१ र २२ गते बिसीको अध्यक्षतामा बसेको बैठकले फाल्गुन ४, ५ र ६ गते नवौं जिल्ला अधिवेशन तोकेको थियो । तर, अध्यक्ष बिसीले एक्कासी अधिवेशन स्थगित भएको विज्ञप्तिसमेत जारी गरेपछि एमाले सुर्खेतभित्रको आन्तरिक विवाद छताछुल्ल भएको थियो ।

विवादको प्रमुख कारक अध्यक्ष बिसीले जिल्ला अध्यक्षमा दोहोरिन चाहेको र एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता यामलाल कँडेल निकट समूहको समर्थन नपाएपछि बिसीले त्यो बेला अधिवेशन नै स्थगित गरेका थिए ।

एमाले कर्णालीमा देखिएको विवादको विषयमा अध्यक्ष केपी शर्मा ओलीले विशेष चासो दिंदै गत माघ १९ गते नेताहरुलाई काठमाडौंमै बोलाएर लगातार तीन दिनसम्म छलफल गरेका थिए । त्यसपछि सुर्खेत जिल्लाको विवाद पनि सुल्झिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?