+
+

माओवादी केन्द्रको जागरण अभियान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते ११:३३
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

८ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।

‘पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका कारण हाललाई स्थगित गरिएको छ’, जारी सर्कुलरमा भनिएको छ ।

तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।

माओवादी केन्द्रले ती अभियान स्थगित गरी सबै प्रदेश, जिल्ला, पालिका, वडा र टोल स्तरमा पार्टीका बैठकहरू आयोजना गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जनसेवासम्बन्धी कामहरू गर्ने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?