+
+

इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १४:१९
Photo Credit : GETTY

८ चैत, काठमाडौं । इन्डोनेशियामा अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन् । सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाएका हुन् ।

प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताएका छन् । ‘जसले हामीलाई भोट दिनुभएन, उहाँहरुले हामीलाई एउटा मौका दिनु भएको छ,’ उनले भने, ‘हामी यस्तो राष्ट्रपति र उपराष्ट्रपति भएको साबित गर्छौं, जो इन्डोनेसियाका जनताको भलाइका लागि हरसम्भव कडा मिहिनेत गर्नेछ ।’

यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।

इन्डोनेसियामा २०.५ करोड मतदाता छन्, यही १४ फेब्रुअरीमा भएको निर्वाचनमा ८० प्रतिशतले मतदान गरेका थिए । तर राष्ट्रपति चुनाव प्रचारका क्रममा उनले आफ्नो छवि सुधारका लागि सामाजिक सञ्जालमार्फत निकै मिहिनेत गरे । उनले प्रचारमा युवाहरुलाई आकर्षित गर्ने प्रयास गरे ।

उनले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?