+
+

सीडीओहरूलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:००

८ चैत, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि गर्न भन्दै ११ वटा क्षेत्रसम्बद्ध निर्देशनहरु दिइएको हो ।

गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो एकीकृत निर्देशन जारी गरेका हुन् ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सवारी दुर्घटना न्युनीकरण, राजस्व चुहावट न्युनीकरण, गुनासो व्यवस्थापन, बेरुजी फर्स्योट, पुराना जिन्सी सामानको व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण, सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण लगायतका विषयमा विभिन्न निर्देशन दिइएको छ ।

विकास निर्माणमा समन्वय र सहजीकरण, लागुऔषध नियन्त्रण, सुधार गृहको नियमन, उपभोक्ता हित संरक्षण तथा कालोबजारी नियन्त्रण, विपद पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना, सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण, कारागार व्यवस्थापन, लगायतका विषयमा पनि विभिन्न निर्देशन जारी भएको छ ।

हेर्नुस् पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?