+
+

अफगानिस्तानमा आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, इस्लामिक स्टेटले लियो जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते ७:४९
Photo Credit : AFP

९ चैत, काठमाडौं । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो ।

बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।

विस्फोटमा परेकाहरुको उपचार कान्दहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसमा भइरहेको छ ।

बीबीसीले यो घटना यस वर्षको सबैभन्दा ठूलो विस्फोटको घटना हुन सक्ने पनि जनाएको छ ।

कान्दाहार तालिबान सत्ताको केन्द्र हो । तालिबानका सुप्रिम कमाण्डर यहीं रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?