+
+

आईपीएल आजदेखि, चेन्नई र बेंगलुरू भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १३:४९

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ । १७ औं संस्करणको आईपीएलको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ ।

यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछैनन् । आईपीएलको सर्वाधिक सफल टोली चेन्नई धोनीको कप्तानीमा १४ संस्करणमा सहभागीता जनाउँदा पाँच पटक उपाधि जितेको थियो ।

कुल १० फाइनल खेलेको चेन्नई दुई पटक मात्रै प्लेअफमा पुग्न सकेको थिएन । धोनीको यो अन्तिम आईपीएल सिजन हुँदा नेतृत्वमा युवा ओपनर ऋतुराज गायकवाडलाई तयार पार्न चाहन्छन् ।

यता बेंगलुरुको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् । टोलीमा स्टार खेलाडी अनुबन्ध गरे पनि उपाधि हालसम्म जितेको छैन । बेंगलुरुमा ग्लेन म्याक्सवेल, डु प्लेसिस र विराट कोहली प्रमुख ब्याटर हुन् । मोहम्मद शिराज र लोकी फर्गुसन प्रमुख बलर हुन् ।

उता चेन्नईको कप्तानी ऋतुराज गायकवाडले गर्नेछन् । युवा ओपनर गायकवाडलाई विकेट किपर धोनीले नेतृत्वमा सहयोग गर्नेछन् । न्युजिल्यान्डका दुई अलराउन्डर डर्याल मिचेल र रचिन रविन्द्रले चेन्नईको टोलीमा डेब्यू गर्ने सम्भावना छ ।

शिवम दुबे, धोनी, रविन्द्र जडेजा लगायतका भारतीय खेलाडी छन् । दीपक चाहर प्रमुख तीव्र गतिका बलर हुन् । आईपीएलमा चेन्नई र मुम्बई इन्डियन्सले सर्वाधिक ५–५ पटक उपाधि जितेका छन् ।

कोलकाता नाइट राइडर्स २, डेस्कन चाजर्स, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले १–१ उपाधि जितेका छन् ।

मुम्बईलाई पाँच पटक उपाधि जिताउने रोहित शर्मा पनि यस पटक कप्तानमा हुनेछैनन् । मुम्बईको कप्तानी हार्दिक पान्ड्याले गर्नेछन् ।

दिल्लीका विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा कार दुर्घटनापछि पहिलो पटक क्रिकेटमा आईपीएल मार्फत फर्किदैछन् ।

अक्सनमा २४ करोड ७५ लाख भारु पाएका मिचेल स्टार्कलाई कोलकाताबाट दाम अनुसार प्रदर्शन गर्नुपर्ने दबाब हुनेछ । त्यस्तै २० करोड ५० लाख भारु पाएका प्याट कमिन्सबाट हैदराबाद विश्वकप फाइनलमा भारतविरुद्ध जस्तै कप्तानी र प्रदर्शन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?