+
+

सुदर्शन थापाले निर्देशन गर्ने ‘रावायण’ तीजमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १२:१३

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने मल्टिस्टारर फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा भएको छ । आइतबार फागुपर्वको अवसर पारेर रिलिज मिति घोषणा गर्दै निर्माताले तीजका दिन आगामी भदौ २१ गते फिल्म आउने जनाएका हुन् ।

निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा फिल्म निर्माण गर्न लागेका हुन् । फिल्ममा पूजासहित पल शाह, प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकालको अभिनय हुनेछ ।

छायांकन चैत तेस्रो सातादेखि सुरु हुने जनाइएको छ । शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको एक्सन हुनेछ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?