+
+

काठमाडौंमा मनाइयो होली (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० चैत ११ गते १२:५१

११ चैत, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ ।

बसन्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा युवा र बालबालिकाहरु रंग र पानीले समेत होली खेलिरहेका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगानमा भाग लिन्छन् ।

नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षि होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउँछन् । ‘होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब’, उनले रासससँग भनेका छन्, ‘सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।’

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकिङ गरिरहेका छन् ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन र लोला हान्न पाइँदैन । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गर्ने प्रहरीले जनाएको छ ।

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?