+
+

नेपालमा खेल्ने आयरल्यान्डका १५ खेलाडीलाई नजिकबाट चिन्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १७:२६

११ चैत्र, काठमाडौं । टेस्ट टोली आयरल्यान्डको ए टोली (वोल्भस) नेपालमा ८ खेल खेल्न आएको छ । नेपालको सिनियर टोलीसँग दुई टी–२० खेल सोमबार र मंगलबार खेल्नेछ । त्यसपछि नेपाल ‘ए’सँग समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल खेल्ने छ ।

आयरल्यान्डले नेपाल भ्रमणमा ९ सिनियर टोलीबाट खेलेका खेलाडी पठाएको छ । जिम्बावेबाट सुरुवातमा क्रिकेट खेलेका पिटर मुरदेखि स्टार अलराउन्डर ग्यारेथ डेलानी नेपाल आएका छन् ।

आयरल्यान्डको टोलीमा रहेका सबै १५ खेलाडीको बारे छोटकरीमा जानकारी:

१. पिटर मुर

३३ वर्षीय पिटर मुर नेपाल भ्रमणमा आएका आयरल्यान्डका सबभन्दा ठूला नाम र अनुभवी खेलाडी हुन् । उनले सन् २०१४ देखि २०१९ सम्म जिम्बावेबाट खेलेका थिए । उनीसँग १३ टेस्ट खेलमा ५ अर्धशतकसहित ६२१ रन बनाएको अनुभव छ । त्यस्तै ४९ ओडीआई खेलमा ४ अर्धशतकसहित ८२७ रन बनाएका छन् । २१ टी–२० आई खेलमा ३६४ रन बनाएका छन् । काउन्टीका अनुभवी उनले ७९ प्रथम श्रेणी र १५१ लिष्ट ए खेल खेलेका छन् ।

२०१९ मा जिम्बावेबाट सिंगापुरविरुद्ध टी–२० आई खेलमा ९२ रन बनाएका थिए । उक्त त्रिकोणात्मक टी–२० आई सिरिजमा उनी नेपालसँग २१ रनमा आउट भएका थिए । उनले ओडीआई र टी–२० आई आयरल्यान्डबाट खेलेका छैनन् ।

२०२३ अप्रिलमा बंगलादेशविरुद्ध टेस्ट खेल खेलेका थिए । आयरल्यान्डबाट उनले पाँच टेस्ट खेल खेलिसकेका छन् ।

२. निल रक (कप्तान)

२३ वर्षीय विकेटकिपर निल रकले आयरल्यान्ड नेतृत्व गर्नेछन् । बायाँ हाते ब्याटर उनले आयरल्यान्डबाट ३ ओडीआई खेलमा ७ रन तथा २० टी–२० आई खेल खेलमा १११ रन बनाएका छन् । उनले तल्लो क्रममा ब्याटिङ गर्ने गर्दछन् ।

३. रस आदिर

ओपनर रस आदिरले ७ टी–२० आई खेलमा १४३ रन बनाएका छन् । गत वर्ष जनवरीमा जिम्बाव्वेसँग डेब्यूको अवसर पाएका उनले दोस्रो खेलमा ६५ रनको इनिङ खेलेका थिए । उनी पार्टटाइम स्पिनर समेत हुन् ।

४.केड कार्माइकल

२१ वर्षीय तीव्र गतिका युवा बलर केडले आयरल्यान्डबाट हालसम्म खेलेका छैनन् । घरेलु क्रिकेटमा प्रभाव छाडेपछि नेपाल भ्रमणमा अवसर पाएका हुन् ।

५.ग्यारेथ डेलानी

ग्यारेथ डेलानी नेपाल भ्रमणमा आएका आयरल्यान्डका स्टार खेलाडीमा पर्दछन् । पहिलो रोजाईका २६ वर्षीय अलराउन्डर उनले २१ ओडीआई र ६७ टी–२० आई खेल खेलेका छन् । मध्यक्रमसँगै उनले स्पिन बलिङ गर्ने गर्दछन् ।

टी–२० आईमा ३ अर्धशतकसहित ९५६ रन बनाएका छन् । ओमानविरुद्ध २०१९ मा बनाएको ८९ रन उनको करिअरको उत्कृष्ट प्रदर्शन हो । टी–२० आईमा ४१ र ओडीआईमा ७ विकेट लिएका छन् । नेपालसँग दुई टी–२० आई र एक ओडीआई खेल खेलेका छन् ।

६.स्टेफन डोहेनी

२५ वर्षीय युवा ब्याटर स्टेफन आगामी दिनमा आयरल्यान्डमा ठूलो आशा गरेका ब्याटर हुन् । उनले गत जनवरीमा जिम्बाव्वेविरुद्ध दोस्रो ओडीआई खेलमा ८४ रनको इनिङ खेलेका थिए । उनीसँग ९ ओडीआई र ३ टी२० आई खेल खेलेको अनुभव छ ।

७.म्याथ्यु फस्टर

२४ वर्षीय तीव्र गतिका बलर फस्टरले अहिलेसम्म आयरल्याडबाट खेलेका छैनन् ।

८.फिन ह्यान्ड

तीव्र गतिका बलिङ अलराउन्डर फिन ह्यान्ड आयरल्यान्डबाट १ टेस्ट र १० टी–२० आई खेल खेलेका छन् । इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्टी सोमरसेटबाट खेल्ने गर्दछन् ।

९.गेभिन होई

२२ वषीय युवा लेगस्पिनर गेभिन अनक्याप्ड खेलाडी हुन् । उनीसँग एक प्रथम श्रेणी, समान १३ लिष्ट ए र टी–२० क्रिकेट खेलेको अनुभव भने छ ।

१०.म्याथ्यु हम्फ्रेज

२१ वर्षीय म्याथ्युज बायाँ हाते स्पिनर हुन् । उनले आयरल्यान्डबाट २ ओडीआई, समान एक टी–२० आई र ओडीआई खेल खेलेका छन् ।

११.थोमस मेयस

आयरल्यान्डबाट तीव्र गतिका बलर थोमस मेयस अनक्याप्ड खेलाडी हुन । उनले आयरल्यान्डबाट २ प्रथम श्रेणी, ९ लिष्ट ए र १२ टी–२० खेल खेलेका छन् ।

१२. लियाम म्याककार्थी

तीव्र गतिका बलर लियाम म्याककार्थी पनि अनक्याप्ड खेलाडी हुन् । उनले आयरल्यान्डबाट एक प्रथम श्रेणी, समान १३ लिष्ट ए र टी–२० खेल खेलको छन् ।

१३.जेम्स म्याककलुम

२८ वर्षीय जेम्सले आयरल्यान्डबाट ६ टेस्ट र १० ओडीआई खेल खेलेका छन् । ओडीआईमा २०१९ मा जिम्बावेविरुद्ध ७३ र ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

२०२१ पछि उनी सिमित ओभरको क्रिकेटमा छैनन् । तर टेस्टमा भने निरन्तर छन् । पछिल्लो पटक उनले लर्डसमा गतवर्ष इंग्ल्यान्डविरुद्ध टेस्ट खेल खेलेका थिए ।

१४.मोर्गन टोप्पिङ

मोर्गन टोप्पिङ स्पिनर हुन् । हालसम्म आयरल्यान्डको सिनियर टोलीबाट उनले खेलेका छैनन् । २४ वर्षीय उनीसँग घरेलु क्रिकेटमा दुई प्रथम श्रेणी, १० लिष्ट ए र ९ टी–२० खेलको अनुभव छ ।

१५.बेन ह्वाइट

२५ वर्षीय तीव्र गतिका बलर बेन ह्वाइट टी–२० विशेष खेलाडी हुन् । उनले तीन टेस्ट, दुई ओडीआई र २३ टी–२० आई खेल खेलेका छन् । उनले दुई साता अघि अफगानिस्ताविरुद्ध पहिलो टी–२० आई खेलमा ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए ।

आयरल्याण्ड टोलीले नेपालमा खेल्ने खेलबारे सम्पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?