
११ चैत, काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन साहले दरबारमार्गमा आयोजित होली उत्सवमा र्याप गाएका छन् ।
फागु पूर्णिमाको अवसर पारेर दरबारमार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्याप गाएका हुन् ।
महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्याप गाएका हुन् ।
‘आफ्नै कार्यक्रम सफल बनाउन होलीको सेलिब्रेसन गर्नुभएको हो । दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी छन्,’ बालेनको एक सचिवालय सदस्यले भने ।
छोटो र्याप हानेपछि उनले भीडमा सहभागीलाई सोधे, ‘यहाँ कति बजेसम्म बस्नुहुन्छ तपाईंहरू ? रातभरि बस्नुस्, काठमाडौंमा रातभरि होली मनाउन पाइन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4