+
+

राष्ट्रिय सभाको महत्व स्थापित गर्न लाग्छु : अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १०:४७

१२ चैत, चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको भन्दै त्यसको महत्व स्थापित गर्न लागिपर्ने बताएका हुन् ।

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको भन्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालले बताए ।

हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।’

विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको र ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको उनले बताए । राष्ट्रियसभामा अधिकांश विधेयक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले भने, ‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ ।’

राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उनले बताए ।

राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको भन्दै अध्यक्ष दाहालले राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?