+
+

इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १३:२९

१२ चैत, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश समितिले इलाम–२ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ । आंकाक्षीमध्ये पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ ।

‘क्षेत्रीय र जिल्ला समितिले गरेको सिफारिसको आधारमै केन्द्रमा नाम पठाएका छौं,’ कोशीका महामन्त्री भूपेन्द्र राईले भने, ‘भेषराज आचार्यको नाम क्षेत्रीय र जिल्ला समितिबाट पहिलोमा राखेर पठाउनुभएको थियो । हामीले त्यसैअनुसार पठाएका छौं ।’

दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरिएको छ । खड्का गत निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका थिए । नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ । कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।

इलाम–२ को उपनिर्वाचनका लागि एमालेबाट दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ उम्मेदवार हुने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १७ चैतमा उम्मेदवार तय गर्ने भएको छ । जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार तय गरेको छ । मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा लागेका छन् ।

एमाले सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा १५ वैशाखमा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?