+
+

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

रासस रासस
२०८० चैत १२ गते २०:०३

१२ चैत, काठमाडौँ । विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् ।

बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन् । यो शब्दको अर्थ हुन्छ, अस्थायी जीवनको हिस्सा ।

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र चलिरहेको छ । विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बु कला प्रदर्शनीमा सहभागी छन् । उनी निर्देशित ‘हेमा हेमा’, ‘डाकिनी’, ‘पिग एट द क्रसिङ’ लगायतका चलचित्र प्रसिद्ध छ ।

‘कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रुपान्तरणको अवस्थामा छ । जहाँ चाँडै अब समकालिन संस्कृतिको केन्द्र बन्दैछ’, उनले भने ।

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए । उनका अनुसार प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

‘सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर चलचित्र, फेसन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्वित गर्छ’, कार्यक्रम प्रमुख प्रधानले बताए । चैत ११ गतेदेखि सुरू गरिएको प्रदर्शनी १७ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?