+
+
Shares

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १०:१३

३० वैशाख, काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशत बढी हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ ।

कम्पनीको खुद प्रिमियम आम्दानी गत आवको तेस्रो त्रैमासमा ९३ करोड १९ लाख रुपैयाँ रहेकोमा अहिले १ अर्ब ८ करोड पुगेको छ । कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा रहेकोमा अहिले १९ रुपैयाँ ६० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ । कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?