+
+

इस्लामावादमा विपश्यना प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १८:४१

१३ चैत, काठमाडौं । इस्लामावादस्थित नेपाली दूतावासले ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विपश्यना कार्यक्रमको आयोजना गरेको छ ।

‘विपश्यनाः तनाव व्यवस्थापन र असल विश्वका लागि आन्तरिक शान्ति’ शीर्षकमा आयोजना गरिएको कार्यक्रममा पाकिस्तानमा ध्यान अभ्यास गरिने ठाउँहहरूका बारेमा समेत छलफल गरिएको थियो ।

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीका अनुसार नेपालले विश्वभर विपश्यना, ध्यान जस्ता प्राचीन परम्पराहरूलाई संरक्षण र आत्मसात गरिरहेको बारेमा जानकारी दिइएको थियो ।

नेपालले योग र ध्यानमा सिक्न, अभ्यास गर्न र उनीहरूको सीप बढाउन वार्षिक रूपमा विदेशी आगन्तुकहरूलाई समेत आकर्षित गरेकोबारे जानकारी गराइएको उनले बताए ।

कार्यक्रममा विपश्यना शिक्षक खगेश्वर अर्यालले व्यक्तिको समग्र कल्याणको लागि विपश्यनाको महत्त्वको बारेमा धारणा राखेका थिए । सहभागीहरूले अर्यालद्वारा निर्देशित श्वासप्रश्वास अभ्यास र ध्यान सत्रहरूमा संलग्न हुने अवसर पाएका थिए ।

यस्तै योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानीहरूकाे एउटा टोली योग, ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौं आउने भएको छ । राजदूत अधिकारीले कम्तिमा १ सय जना पाकिस्तानी योग र ध्यानका लागि छिट्टै नेपाल आउने र यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने जानकारी दिए । ‘उनीहरू योग, ध्यान सिक्न, प्रयोग गर्न र सीप विकास गर्न आउने तयारीमा छन्’ उनले भने ।

अधिकारीले तक्षशिला र तख्त–१ बही र पाकिस्तानका अन्य ठाउँमा विपश्वनाका प्रमाणबारे जानकारी गराएका थिए । नेपालले लामो समयदेखि परम्पराका रूपमा अभ्यास गरिरहेको योग र ध्यान सबैका लागि उपयोगी हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?