+
+

पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते २०:३०

१५ चैत, काठमाडौं । पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्रको निधन भएको छ ।

उपचारका क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा निधन भएको डा. मिश्रका साथी एवं पूर्वसहसचिव डा. जीडी ठाकुरले जानकारी दिए ।

पित्तथैलीमा ट्युमर देखिएपछि डा. मिश्र उपचारका लागि दिल्ली गएका थिए । तर सर्जरी भइसकेपछि हृदयघात भयो । त्यसपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा गएराती १२ बजे निधन भएको हो ।

‘दुई महिनादेखि म्याक्समा उपचार भइरहेको थियो । सामान्य भन्दा भन्दै बीचमा स्वास्थ्य अवस्था बिग्रियो । पटक–पटक हृदयघात हुँदा उहाँको गएराती निधन भयो’, डा. ठाकुरले अनलाइनखबरसँग भने ।

डा.मिश्रले स्वास्थ्य मन्त्रालयमा लामो समयसम्म सेवा गरेका थिए । उनले मन्त्रालयमा सचिवका रुपमा झण्डै पाँच वर्ष काम गर्ने मौका पाएका थिए । २०६६ सालमा सचिव भएका उनले २०७१ सालसम्म सेवा गरेका थिए ।

दन्त रोग विशेषज्ञ डा. मिश्रले अवकास पछि पनि चिकित्सकीय अभ्यास जारी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?