+
+

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १८:५८

१४ चैत, काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् ।

गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् ।

६ जना मध्येबाट पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन हुने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्नको लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा उपनिर्वाचन हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?