+
+

सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:२६

१५ चैत, काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । स्रोतका अनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई सचिव बढुवा गर्नेछ । १ नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा २३ कात्तिकयता कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन् ।

दोस्रो नम्बरमा सिफारिस भएका केदारनाथ शर्मा ८ माघदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिव छन् । तेस्रो नम्बरमा सिफारिस भएका पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

वरीयता नमिची बढुवा भए लम्साल सचिवमा बढुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?