१५ चैत, धनगढी । होलीको दिन (१२ चैत)मा चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ ।
टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो शाहीको शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।
शाही भेटिएको स्थान कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको एसपी बिष्टले बताए । होलीको दिन पाैडी खेल्न कर्णाली पुलबाट १७ जना युवाले सामूहिक रूपमा नदीमा हाम फालेका थिए ।
उनीहरूमध्ये १६ जना पौडी खेलेर बाहिर निस्किए पनि शाही भने बेपत्ता भएका थिए । उनलाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयबासी र नेपाल प्रहरी खटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4