+
+

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १८:२२

१५ चैत, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

अर्को व्यवस्था नभएसम्म लागि निमित्तको जिम्मेवारी पाएका डा. चालिसेले नियुक्त पत्र बुझेको बताए । ‘दिँउसो नियुक्त पत्र बुझे । मन्त्रीज्यूले प्रशासनिक सहितको आर्थिक जिम्मेवारी दिनुभएको छ,’ चालिसेले अनलाइनखबरसँग भने, ‘मैले यहाँको समस्यालाई राम्रोसँग बुझेको छु । अब संस्थालाई उचाई दिने काम गर्छु ।’

यसअघि पनि उनले निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए ।

तर बीचमा डा विष्णुदत्त पौडेलले सर्बोच्चबाट अन्तरिम आदेश ल्याएपछि उनी जिम्मेबारीबाट हटेका थिए ।

पौडेलले राजीनामा दिएपछि तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. ऋषिकेश नारायण श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका थिए ।

डा.श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाएसँगै चालिसेलाई जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?