+
+

कर्णालीमा फिल्म प्रवर्द्धन गर्न सुर्खेत र दैलेखमा छलफल सत्र चलाइने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १२:३४

काठमाडौं । कर्णालीलाई फिल्म छायांकनको गन्तव्यस्थल बनाउने उद्देश्यले सुर्खेत र दैलेखमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएका छन् । यी दुई जिल्लामा महोत्सवका दुई दिने विशेष कार्यक्रम हुने उल्लेख छ ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्य काठमाडौंपछि कर्णाली प्रदेशमै कार्यक्रम हुन लागेको हो । तीन तहको सरकारका प्रतिनिधि र फिल्मकर्मीबीच विमर्श समेत चलाइने भएको छ ।

कर्णालीमा चलचित्र सम्भावना र राज्यको भूमिका विषयमा संघीय सांसद सोविता गौतम, प्रदेश सांसद घनश्याम भण्डारी र वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया भण्डारीले छलफल गर्नेछन् ।

गुराँस संवाद तथा चलचित्र पर्यटन अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोपबहादुर बीसी र फिल्म निर्देशक झरना थापाले विमर्श गर्नेछन् ।

कर्णालीका कथा र चलचित्र विर्मश सत्रमा साहित्यकार वसन्ती शाही, गुराँस गाउँपालिका प्रमुख बीसी र बोर्ड अध्यक्ष केसीले छलफल गर्नेछन् ।

छलफलको निचोडलाई आउँदो बजेटमा नीतिगत समावेश गर्न पहल गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए ।

एउटा मात्र फिल्म हल रहेको कर्णालीमा घुम्ती फिल्मको सम्भावनाबारे समेत अध्ययन अनुसन्धान हुने भनिएको छ । गत महिना काठमाडौंमा तत्कालिन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले महोत्सव उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?