+
+

कोशीमा माओवादीलाई मुख्यमन्त्री हुन मैले नै रोकेको हुँ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १४:५१

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन आफूले नै रोकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच माओवादीले मुख्यमन्त्री लिने सहमति भइसकेपछि पनि आफूले त्यसलाई रोकेको बताएका हुन् ।

कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईंहरुले रोक्नुभयो भनेर दोष दिनुभयो । इन्डारेक्टली त्यो दोष मलाई नै थियो । मैले नै रोकेको हो कोशीमा । सभापतिजी लगायत पदाधिकारीजीहरु प्रधानमन्त्रीजी कहाँ गएर नेपाली कांग्रेसको आफूले भनेको व्यक्ति हुन्छ भने ठीक होइन भने तपाईहरुको उम्मेदवार बनाउनुस मुख्यमन्त्री भन्ने थियो । त्यो मलाई स्वीकार्य हुने नै भएन’, नेता कोइरालाले भने ।

आफू कोशीमा माओवादीलाई कुनै पनि हालतमा मुख्यमन्त्री दिने पक्षमा नरहेको कोइरालाले खुलाए । ‘नेपाली कांग्रेसका लडाकु हामीहरु कुनै पनि हालतमा कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा म थिइन । सिटै छैन । ३२ सिट केन्द्रमा छ । ९० सिट हामीहरुको छ ।

अनि माओवादीलाई दिँदै जाने । पुलपुलाउँदै जाने ? चितवनको घटना म कोशी प्रदेशमा हुन दिन्न भनेर हामीहरुले संविधानको धारालाई टेकेर नेपाली कांग्रेसको आज मुख्यमन्त्री बनेको छ । गरेको मैले हो । नेपाली कांग्रेसलाई बचाउनका लागि मैले गरेको हो’, कोइरालाले भने ।

उनले चितवनको भरतपुर महानगरपालिकामा दुई कार्यकालसम्म माओवादी केन्द्रलाई मेयर पद दिँदा कांग्रेस कार्यकर्ताहरु कोही खुशी नभएको बताए ।

‘तपाईहरुमध्ये कतिजना चितवन जानुभएको छ मलाई थाहा छैन । त्यहाँ गएर सोध्नुस, त्यहाँ गएर बुझनुस् । नेपाली कांग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सपोर्टमा छैन । हामीले आफूले उम्मेदवार दिनुपर्ने मेयरको टिकट हामीहरुले अर्को पार्टीलाई दियौं’, उनले भने । अबदेखि भने नेपाली कांग्रेसले हरेक चुनाव एक्लै लड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?