+
+

लमजुङको श्रीचौरमा पहिरो, बेँसीसहर–चामे सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते ८:०९

१८ चैत, लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरमा वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंका अनुसार शनिबार बेलुकी साढे ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।

बेँसीसहर–चामे सडकखण्ड लमजुङ र मनाङलाई जोड्ने एकमात्र सडक हो । सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय समेतको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?