+
+

स्रोत नखुलेको साढे १८ लाखसहित नागढुंगाबाट १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:२६

१८ चैत, काठमाडौं । स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले साढे १८ लाखसहित पक्राउ गरेको हो ।

उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ । उक्त रकम तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पु¥याइदिन भनि दिएको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?