+
+

अमेरिकामा एरिकालाई १ स्वर्ण र १ रजत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १०:१६

१९ चैत, काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।

१९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९-० ले पराजित गरेकी थिइन् ।

यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित भइन् ।

नेपालबाट सहभागी अर्का खेलाडी विप्लपलाल श्रेष्ठ भने सेमिफाइनलमै रोकिए । नेपाली टोलीको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?