+
+

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १९:११

१९ चैत, काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ । यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ ।

फागुन महिनामा यूएईमा १८ हजार ७०७, साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ७१४, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४ जना र  जापानमा१ हजार ३६० जना रोजगारीका लागि पुगेका छन् । बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९,  दक्षिणकोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना श्रमका लागि उडेका छन् ।

महिनाभरिमा ३५ हजार ६६ जना पुरुष र ४ हजार ८४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

चालु आर्थिक वर्षको माघ महिनासम्म ७ महिनाको अवधिमा नेपालले  विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले बढेर ८ खर्ब ३९ अर्ब पुगिसकेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?