+
+

नेपाल ए को सामना गर्दै आयरल्यान्ड ए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ६:३८

२१ चैत, काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।

सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड एले दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।

नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।

नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्ड ए बीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ ।

उता आयरल्यान्ड ए का पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । उता सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल दिउँसो २ : ४५ मा सुरु हुनेछ ।

नेपाल ए को टोली

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?