+
+

कीर्तिमानी पर्वतारोही फुन्जु लामाको बिदाई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:१६

२१ चैत, काठमाडौं । नेपाल स्की संघले सगरमाथा आरोहरणको गर्न लागेकी कीर्तिमानी पर्वतारोही फुन्जु लामाको सफलताको कामना गर्दै बिदाई गरेको छ ।

स्की संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच लामाको बिदाइ गरे ।

त्यस अवसरमा उनलाई इन्टरनेसनल स्की तथा स्नोबोर्ड संघ (फिस) को झण्डा पनि हस्तान्तरण गरिएको थियो ।

विश्व खेलकुदमा स्की सम्बन्धी खेल सुरु भएको सय वर्ष पुगेको अवसरमा यी दुई संस्थानको झणडसहित फुन्जुले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

यसअघि पनि सगरमाथाको सफलतापूर्वक आरोह गरिसकेकी फुन्जले कीर्तिमान समयमा त्यस आरोहरणलाई पूरा गरेकी थिइन् । बिदाई कार्यक्रममा नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठसँग स्की संघका पदाधिकारीसँगै को उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?