+
+

भारोत्तोलनका सागर ओलम्पिक छनोट खेल्न थाइल्याण्ड जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:५९

२१ चैत, काठमाडौं । भारोत्तोलन खेलाडी सागर भण्डारीले थाइल्याण्डको फुकेटमा हुने आईडब्लूएफ वर्ल्डकप २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च ३१ मा सुरू भइसकेको यस प्रतियोगिता अप्रिल ११ सम्म चल्नेछ ।

ओलम्पिक छनोट पनि रहेको यस प्रतियोगितामा सागरले १०९ केजीमाथिको तौल समूहमा खेल्नेछन् । सागरसँगै थाइल्याण्ड जाने तीन सदस्यीय नेपाली टोलीमा प्रशिक्षक जीवन गौतम र व्यवस्थापक रामसुन्दर श्रेष्ठ रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरे । त्यस अवसरमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोससँगै अन्य पदाधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?