+
+

नेपाली जुनियर गल्फरले स्पेन र भियतनाममा खेल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:३६

२२ चैत्र, काठमाडौं । नेपाल गल्फ संघले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप गल्फ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता चैत्र २८ देखि ३० (अप्रिल १०/१२) रोयल नेपाल गल्फ क्लबमासम्म हुनेछ । प्रतियोगिता पुरुषतर्फ यू-१२ देखि १६, यू-१७ देखि २१ र महिलातर्फ १२ देखी २१ उमेर समूहमा हुनेछ ।

तीन समूहका विजेताले भेदनाम र स्पेनमा हुने फाल्डो एसियन फाइनल खेल्न पाउने संघले जनाएको छ । स्पेन र भेदनाममा कहिले प्रतियोगिता हुने मिति भने तय भई सकेको छैन ।

यस प्रतियोगिता २०१२ देखि २०२० सम्म चलेको थियो । कोरोना महामारीपछि भने सुरु हुन सकेको थिएन । नेपालमा हुने फाल्डो जुनियर टुरको लागि संघले पोखरा र धरानबाट समान चार खेलाडी मगाएको छ । ती चार बाहेक अन्य खेलाडी आफ्नो पनि खेल्न पाउने छन् ।

प्रतियोगितामा महिलातर्फ १२ खेलाडी सहभागी हुने सम्भावना छ । कुल प्रतियोगितामा ३० देखि ४० खेलाडी सहभागी हुने सम्भावना छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा प्रतियोगिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?