+
+
फ्राइडे रिलिज :

हलमा लागे नेपाली फिल्म ‘बद्रीबहादुर’ र हलिउडको ‘घोस्टबस्टर्स’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १२:२१

काठमाडौं । नेपाली हलमा शुक्रबार दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘बद्रीबहादुर’ र हलिउडको ‘घोस्टबस्टर्स : फ्रोजन एम्पायर’ प्रदर्शनमा आएका छन् ।

शोभित बस्नेत निर्देशित कमेडी-एक्सन फिल्म ‘बद्रीबहादुर’ सीमित हलमा रिलिज भएको छ । यो फिल्ममा जयकिशन बस्नेत, धीरेन शाक्य, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, शोभित बस्नेत लगायतको अभिनय छ ।

यो फिल्मले बद्री नामक एक युवाको कथा भन्छ । उसको हैरानीबाट आजित भएर परिवार र गाउँबाट ऊ निकालिन्छ र उसको जीवनले नयाँ मोड लिन्छ । घृणा र माया गर्नेहरुको बीचमा उसले एक्लो जीवनलाई कसरी बाँच्छ ? यो कथा वरपर फिल्म घुमेको छ ।

दुई घण्टा लामो यो फिल्मलार्ई लिएर निर्माताले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नुहोला’ ट्यागलाइन बनाएका छन् । एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्स्ले यो फिल्म निर्माण गरेका हुन् ।

शुक्रबारै हलिउडको एड्भेन्चर–कमेडी फिल्म ‘घोस्टबस्टर्स : फ्रोजन एम्पायर’ पनि रिलिज भएको छ । दोस्रो हिमयुगको कथा भन्ने यो फिल्मले बाहिरी शक्तिबाट पृथ्वीलाई जोगाउन हुने संघर्षको कथा भन्छ । गिल केनन निर्देशित फिल्ममा मेक्कान ग्रेस, पल रड, बिल मुर्रे लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?